राष्ट्रिय लाेक सञ्चारकर्मी नेपालले सामाजिक सद्भाव भड्काएको आरोपमा तीन गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी

काठमाडौं । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले सामाजिक सद्भाव भड्काएको आरोपमा तीन गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । रामजी खाँण र शान्तिश्री परियारको स्वरमा रहेको ‘लुकी लुकी’, ध्रुब पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको गीत ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा तथा लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’, गीतविरुद्ध नेपालले ब्युरोमा उजुरी दिएको हो ।

आइतबार अपराह्न संस्थाका संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगम लगायतको समूहले साइबर ब्युरोको कार्यालयमा पुगेर उजुरी दिएका हुन् । तीज गीतका नाममा विकृति फैलाएको तथा सामाजिक सद्भाव भड्काएको भन्दै उजुरी दिइएको संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले बताए ।

उनका अनुसार तीनवटै  गीतसँगै ती गीतको भिडियोमा देखिएका कलाकारमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउने ब्युरोले जनाएको छ । 

6 thoughts on “राष्ट्रिय लाेक सञ्चारकर्मी नेपालले सामाजिक सद्भाव भड्काएको आरोपमा तीन गीतविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी”

ดวง เศรษฐี 168 ไม่ได้มีแค่หวยรัฐบาลไทยเท่านั้น’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ