समता फाउण्डेसनले विज्ञ सूची आशय पत्रका निम्ति गर्याे खुला आह्वान


काठमाडौं । दलित तथा सीमान्तकृत समुदायको हकअधिकारका निम्ति काम गर्दै आएको संस्था , समता फाउण्डेसनले आफ्नो कार्य सम्पादन गर्नका लागि  दक्ष तथा अनुभवी व्यक्तिहरूको सूची तयारका लागि आशय पत्र दर्ता आह्वान गरेको छ।


संस्थाले सामाजशास्त्र , जनस्वास्थ्य, लैङ्गिक अध्ययन , वातावरण तथा जलवायु परिवर्तन वा अन्य कुनै साे सरहका विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेका र सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएकालाई आवेदका निम्ति आह्वान गरेको छ। आवेदकमा महिला, दलित, सीमान्तकृत समुदायका सदस्य तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक हुनुपर्नेछ।


कार्यगत तथा अनुभवका प्राथमिक क्षेत्रमा अनुसन्धान, पैरवी, दलित अधिकार, महिला सशक्तीकरण, लैङ्गिकता, यौन तथा प्रजनन स्वास्थ्य अधिकार र जलवायु परिवर्तन समावेश छन्। इच्छुकले आवेदन २०८२ भदौ १५ गते साँझ ५ बजेभित्र अनलाइन फाराममार्फत बुझाउनुपर्ने ताेकिएकाे छ ।

नाेट:
लिङ्कमा क्लिक गरेर आवेदन फारम भर्न सक्नुहुनेछ ।
https://forms.gle/i84dMPBWNSAewwFA8

3 thoughts on “समता फाउण्डेसनले विज्ञ सूची आशय पत्रका निम्ति गर्याे खुला आह्वान”

custom suit Bangkok’ लाई जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ