Nepal Viral
अगस्ट 4, 2025

साेमबार साझसम्म कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारी हो ।

यसका लागि सोमबार बेलुका ५ बजेका लागि बोर्डको बैठक बोलाइएको छ ।

गत वैशाख ११ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी थिए । परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ १ लाख १५ हजार ६१७ जना सहभागी थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ